Saturday, May 29, 2021
त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ
तीय विहाम्रो अन्तरजावाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकीर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला । अन्तरजातीय विवाह विरलै हने समयमा श्रेष्ठ परिवारमा जन्मेर पनि सुवेदी परिवारको छोरीसँग अन्तरजातीय विवाह गर्न सक्ने मान्छे म । एक किसिमले समाजसँग नडराउने , अरूले के भन्लान् भन्ने वास्ता नगरीकन समाजलाई पेल्न सक्ने मान्छे म । म आफूलाई हिम्मत भएकै व्यक्ति सम्झन्थे । मभित्र कुनै किसिमको जातीय संकुचन छैन भन्ठान्थे । तर मभित्र पनि अन्तरकुन्तरमा संकुचित भावना लुकिरहेको रहेछ । तीजको दिन थियो । मेरो मुखबाट अनायास संकुचित गलत शब्द फुत्त निस्केको थियो । जुन कारणले पत्नी यशोदाको सामु तीन चार वर्षसम्मै म लज्जित भएको थिएँ । कहिलेकाहीँ त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ । पछिल्ला वर्षहरूमा महिलाका लागि हरितालिका तीजले एउटा राष्ट्रिय चाडकै रूप लियो । तर मेरो र यशोदाको बिहेताक तीजले अहिलेजस्तो व्यापक रूप लिइसकेको थिएन । २०२३ / २४ सालतिर तीजका दिन जितपुर । फेदीबाट सुन्धारामा रहेको सञ्चय कोषको अफिस आउँदा बालाजुतिर कतै पाँच / सात जना त कतै १२ / १५ जनाको समूहसमूहमा बसेर महिलाहरू थपडी बजाउँदै जुहारीजस्तो । गीत गाइरहेको देख्थें । त्यति बेला मलाई लाग्थ्यो , यो तीज भनेको काँठतिरका बाहुन क्षत्री दिदीबैनीहरूले मनाउने चाड हो । म हुर्केको नेवार समुदायमा तीजलाई कसैले वास्तै गर्दैनथे । नेवार समुदायका मान्छेहरूलाई तीजका दिन बाहुन - क्षत्री चेलीबेटीहरूले रातो साडी , रातै चोलो , कपालमा लपक्क तेल लगाएर रातो रिबन बाधेको , के नमिलेको , के नसुहाएको जस्तो नजरले मात्र हेर्थे । तीजलाई खासै महत्त्व नदिइने वातावरणमा हुर्केकाले होला मलाई तीजको कुनै चासो लाग्दैनथ्यो । न कुनै रौनक ने । एक दिन विहानै घरबाट बाहिर निस्केको थिएँ । सानो काम भ्याएर विहानको खाना खाने गरी घरभित्र छिर्दा रातो साडी , रातै चोलो , रातो पोते , रातै चामा राताम्य भएकी यशोदालाई झ्वाट्ट देखें । त्यो दृश्य देख्नेवित्तिकै मेरो मुखबाट ' छि ; ' भन्ने शब्द निस्केछ । मेरो मुखबाट त्यस्तो शब्द के निस्केको थियो , यशोदाले आफूले कैयन बेर मिलाएर लगाएका राता लुगाहरू सबै बाङबुङ फुकालेर अरू बेलाझै घर बस्दा लगाउने कपडा लगाइन् । उत्ति नै खेर मलाई आफनो गल्ती महसूस भइहाल्यो । मैले विचारै नगरी कस्तो बोल्नै नहुने शब्द बोलेछ । मैले सरी - सरी । भनेर कैयौपल्ट अनुरोध गर्दा पनि यशोदाले रातो साडी लगाउँदै लगाइनन् । त्यो वर्ष मात्र । हैन , त्यसपछि दुई तीन वर्षसम्म पनि उनले तीजको दिन रातो साडी लगाइनन् । खासमा मैले मेरो । परिवारमा कहिल्यै नदेखेको दृश्य थियो त्यो । त्यौड टोल बस्ने माइलो . फुपाजु केशवलाल श्रेष्ठ दरबारमा मीर सुब्बाको रूपमा काम गर्ने भएकाले दरबारको साथ संगतले गर्दा तीजको दिन माइली फुपू हल्का रातो रङको साडी लगाउनुहुन्थ्यो । न मलाई तीजको दिन महिला चिटिक्क पर्छन् भन्ने थाहा थियो , न त्यो दिन लगाइने रातो कपडाको सांस्कृतिक महत्त्व नै । एक किसिमको कल्चरल ग्याप नै थियो त्यो । बोल्न नहुने शब्द फस्काएकोमा तरुन्तै मैले आफ्नो गल्ती स्विकारिसकेको थिएँ । तर पनि मलाईचाहिँ पछुतो भएको भई र यशोदाले चाहिँ त्यो घटना नविर्सेको नविर्स भइरहयो । हामी दुबैले अन्तरजातीय विवाहको सुरुसुरुमा केही कल्चरल क्ल्यास पनि हुन्छ भनेर समझदारी लिदै गयौं । हामी दुईले फरक परम्परा र संस्कृतिमा ससाना कुराको पनि के कस्तो महत्त्व हुन्छ र त्यसले मान्छेलाई कसरी छुन्छ भन्ने संवेदनशीलता बुझदै गयौं । यस्तै यस्तै बझाइले हामीलाई पाको बनाउँदै ल्यायो । हामी सबै जातजाति र सबै धर्मका रीतिरिवाजहरूलाई आदर गर्ने । हुँदै आयौं । हाम्रो अन्तरजातीय विवाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकीर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला । कवि दुर्गालाल श्रेष्ठ दाइले लेखिदिनुभएको सयथरी बाजा एउटै ताल , सयथरी गोडा एउटै चाल , मेचीकाली सिंगै ढिक्को साझा हाम्रो ज्यान नेपाल . . . ' बोलको गीत हामीले “ १५ गते ' टेलिफिल्ममा राखेका थियौं । उक्त गीतको भाव वास्तविकतामा हिजोआज तीजको दिन देख्छ म । विभिन्न जातीय समुदायका महिला रातो र हरियो लगा । लगाएर , चिटिक्क परेर , सबै दुःख बिसेर मच्चिदै छमछमी नाचेको देख्दा म आफैलाई पनि नाच्न जाऊँ जाऊँ लाग्छ । कस्तो रमाइलो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment