Skip to main content

Posts

Showing posts from May, 2021

यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है!

View My Profile गत बुधबार साँझ साथीले मेसेन्जरमा एउटा समाचारको लिंक पठायो। समाचार थाहा पाउन शिर्षक नै काफी थियो। तै पनि पूरै जानकारी लिन त समाचार पढ्नै पर्थ्यो। मैले त्यो लिंक खोलें। बालाजु नेपालटारस्थित एक घरमा भाडामा बसेकी दलित महिलालाई पानी छोएको निहुँमा घरधनी महिलाले दुर्व्यवहार गरेको र डेराबाट निकाल्न खोजेकोले ती महिलाले प्रहरीमा उजुरी गरिछिन्। घरधनी महिलालाई उतिबेलै र उनका श्रीमानलाई तीन दिनपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको समाचार रहेछ। समाचार पढिसकेपछि मैले त्यो साथीलाई सहनाभूति राख्दै रिप्लाई गरें– देशको राजधानीमा त छुवाछूत यस्तो छ, झन् गाउँघरतिर कस्तो हालत होला है! उसले मेरो मेसेज हेर्‍यो, थम्ब्–अपको इमोजी पठायो। तर, केही लेखेन। यसबाट मैले अनुमान लगाएँ, यो समाचारबाट ऊ मर्माहत छ। कतै त्यो दलित महिला उसकै आफन्त त होइन! हुन त जबजब यस्ता समाचारहरू आउँछन् उसको ध्यान खिचिन्छ। कहिलेकाहीँ मलाई पनि लिंक पठाउँछ। उसका दलित साथीहरूसँग त यस्ता विषयमा ऊ नियमित छलफल नै गर्दो हो।                                                                            त्यो साथी र म एउटै गाउँको। हा

त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ

तीय विहाम्रो अन्तरजावाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकीर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला । अन्तरजातीय विवाह विरलै हने समयमा श्रेष्ठ परिवारमा जन्मेर पनि सुवेदी परिवारको छोरीसँग अन्तरजातीय विवाह गर्न सक्ने मान्छे म । एक किसिमले समाजसँग नडराउने , अरूले के भन्लान् भन्ने वास्ता नगरीकन समाजलाई पेल्न सक्ने मान्छे म । म आफूलाई हिम्मत भएकै व्यक्ति सम्झन्थे । मभित्र कुनै किसिमको जातीय संकुचन छैन भन्ठान्थे । तर मभित्र पनि अन्तरकुन्तरमा संकुचित भावना लुकिरहेको रहेछ । तीजको दिन थियो । मेरो मुखबाट अनायास संकुचित गलत शब्द फुत्त निस्केको थियो । जुन कारणले पत्नी यशोदाको सामु तीन चार वर्षसम्मै म लज्जित भएको थिएँ । कहिलेकाहीँ त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ । पछिल्ला वर्षहरूमा महिलाका लागि हरितालिका तीजले एउटा राष्ट्रिय चाडकै रूप लियो । तर मेरो र यशोदाको बिहेताक तीजले अहिलेजस्तो व्यापक रूप लिइसकेको थिएन । २०२३ / २४ सालतिर तीजका दिन जितपुर । फेदीबाट सुन्धारामा रहेको सञ्चय कोषको अफिस आउँदा बालाजुतिर कतै पाँच / सात जना त कतै १२ / १५ जनाको समूहसमूहमा बसेर महिलाहरू थपडी बजा

दयाभाव

जिन्दगीमा कहीं , केही भएन , गर्नसकिएन केही प्राप्ती , केवल विश्वास प्राप्त थियो , त्यो पनि हुने भो समाप्ती । कमाइएको थियो , केही इमान - जमान र विश्वास , त्यो पनि त अव हुने भयो शायद चाँडै नै विनाश । नसक्दा देख्न अरुको दुःख , पीर अनि पीडा , गरिदिऊँ भलाई भन्दा , विश्वास हुने भो विदा । । सानै उमेरदेखि मनमा दयाभाव उमेथ्यो , दुःखी गरीब देख्दा , आमाले वचत गरेको चीजहरू सक्थें , दुःखी - गरीबलाई बाँड्दा । अरुको दुःख , पीडामा चुर्लुम्मै डुब्थें , गरीब पीडितसँग भेट्दा , आनन्दित हुन्थें म , उनीहरूको पीडा , भोक र प्यास मेटिदा । मलाई आमाले भन्थिन् - तँ मेरो सन्तानमध्येकै छस् अभागी , खाली संगत गर्छस् दुःखीहरूकै , उनीहरूसँगै बन्छेस् सहभागी । साँच्ची , रमाउन मलाई मन लाग्थ्यो , दुःखी गरीवसँग , दुःखी गरीबहरूसँग रमाउन पाए , पर्थे म साँच्चै दंग । यहीँ जीवन जिउने क्रममा मेरो भेट भयो उसँग , भोक के हो , दुःख के हो , कुनै अनुभव थिएन मसँग । उसके संगत र साथ पाउँदा भएँ म साहै नै दंग , सहयात्राको दशकौंपश्चात् हाम्रो यात्रा भयो भंग । स्वार्थी रहेछ दुनियाँ , निःस्वार्थी कोही हुँदैहुन्न क्यारे , आफू त स्वार्थी , लोभ

उपन्यस

आहा यस्तो लोर्के केटाको जीवन त्यसै खेर गई रहेको छ । घाँस दाउरा , झाने , खोपी र गुलेली खेलेर आफ्नो बैस त्यसै बिताइरहेको छ । ” गल्लावालाले बैसले मत्त कर्णेलाई भन्यो । " हाँस्नु , खेल्नु , गाउनु , गाईगोठ र लेक बाहेक के गर्नु त ? सानदाइ । " कर्णे - " मलाई हेर ! मेरो लुगा हेर ! यो हरियो कमिज , यो हरियो जाड़े ( कट्टु ) यो मोजा र बुट , जुल्फी । क्या मजा छ । मुगलान पस र लाहुरे होउ । लुगा लत्ता , पैसा र सुख सयल सबै तेरो हुने छ । ” गल्लावालाले भर्ति पछिको लोभ देखाउँदै अठार वर्षे कर्णको काँधमा हात राख्यो । " लुगा - लत्ता र सुख - सयल मात्रै सबै चिज हो र दाइ ! “ कर्णेले टाढा पेरूबाडको डाँडामा स्थापित देवीको थानतिर निर्निमेष आँखाले चियाउँदै भन्यो । - " लाटा ! जागीर खान पो जाने हो त । चटक्कै गाउँ छाडेर जाने कसले भनेको छ ? मलाई हेर बीस बर्षसम्म जागिर खाएँ , पैसा कमाएँ , खेतबारी किने , ढुङ्गाले छाएको तीन तले घर बनाएँ , सरकारले पेन्सन दिन्छ , छोरा लाहुरे भएको छ । कर्णे ! मसँग आज के छैन ? सब थोक छ । हेर ! तैले आफ्नो घरको हालत पनि हेर्नु पर्दछ । रातदिन हाडछाला घोटेर पनि कान्छी आमा