Saturday, May 29, 2021
दयाभाव
जिन्दगीमा कहीं , केही भएन , गर्नसकिएन केही प्राप्ती , केवल विश्वास प्राप्त थियो , त्यो पनि हुने भो समाप्ती । कमाइएको थियो , केही इमान - जमान र विश्वास , त्यो पनि त अव हुने भयो शायद चाँडै नै विनाश । नसक्दा देख्न अरुको दुःख , पीर अनि पीडा , गरिदिऊँ भलाई भन्दा , विश्वास हुने भो विदा । । सानै उमेरदेखि मनमा दयाभाव उमेथ्यो , दुःखी गरीब देख्दा , आमाले वचत गरेको चीजहरू सक्थें , दुःखी - गरीबलाई बाँड्दा । अरुको दुःख , पीडामा चुर्लुम्मै डुब्थें , गरीब पीडितसँग भेट्दा , आनन्दित हुन्थें म , उनीहरूको पीडा , भोक र प्यास मेटिदा । मलाई आमाले भन्थिन् - तँ मेरो सन्तानमध्येकै छस् अभागी , खाली संगत गर्छस् दुःखीहरूकै , उनीहरूसँगै बन्छेस् सहभागी । साँच्ची , रमाउन मलाई मन लाग्थ्यो , दुःखी गरीवसँग , दुःखी गरीबहरूसँग रमाउन पाए , पर्थे म साँच्चै दंग । यहीँ जीवन जिउने क्रममा मेरो भेट भयो उसँग , भोक के हो , दुःख के हो , कुनै अनुभव थिएन मसँग । उसके संगत र साथ पाउँदा भएँ म साहै नै दंग , सहयात्राको दशकौंपश्चात् हाम्रो यात्रा भयो भंग । स्वार्थी रहेछ दुनियाँ , निःस्वार्थी कोही हुँदैहुन्न क्यारे , आफू त स्वार्थी , लोभी हन जानिएन , जीवनमा ब्यारे। मेरो आमा बुबाले सिकाएका यहीं नै हो संस्कार , कालोधन र फोस्रोइज्जतलाई भन्छ म धिक्कार । जति दिन बाँचिन्छ , निःस्वार्थी भई नै बाँचिन्छ जिन्दगी अरुको भरोसा , आशा , विश्वास र मायाबिनाको जिन्दगी । । अरुको भलाई गरूँ भन्दा भन्दा सकिएछ मेरो जिन्दगी , माया लाग्छ आफैलाई हेर्दा विचरा ! यो मेरो जिन्दगी । थोरै आशा , धेरै निराशामा अल्झेको मेरो जिन्दगी , धेरै पीडा , थोरै चयनमा रमेको यो रित्तो जिन्दगी । म आफैं हूँ , मेरो आफ्नै आत्माको पीडक , धिक्कार छ , मेरो जिन्दगी लाग्छ मलाई उदेक । Hथोत्रो भयो जिन्दगी , तनावग्रस्त जिन्दगी , भत्किएको जिन्दगी , निराशापूर्ण जिन्दगी । नोट भित्र - भित्रै वोइली झर्ने भयो मेरो जिन्दगी , . शिरीषको फूलको सकम्बरीको जस्तो जिन्दगी । कसरी वाँचु ? दुर्घटनाग्रस्त , असफलताको यो जिन्दगी , सासले बाँचे पनि आत्माले मरेतुल्य भयो मेरो जिन्दगी । आत्मविश्वास र आत्मवल सकिएको जिन्दगी , हावाको झोक्काले पनि ढल्ला झै भयो जिन्दगी । जर्म पाएको होगा । “ मान्छे पागल हुन्छन् प्रेममा अनि विश्वासमा ” , यी भन्थे - साँच्चै भएँ म पागल त्यो विश्वासमा । । निस्सासिन्छु , राती - राती निद्रावाट व्युझेर , ' म आश्चर्यचकित छु , मेरो विगतको जीवन सम्झेर।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment