आहा यस्तो लोर्के केटाको जीवन त्यसै खेर गई रहेको छ । घाँस दाउरा , झाने , खोपी र गुलेली खेलेर आफ्नो बैस त्यसै बिताइरहेको छ । ” गल्लावालाले बैसले मत्त कर्णेलाई भन्यो । " हाँस्नु , खेल्नु , गाउनु , गाईगोठ र लेक बाहेक के गर्नु त ? सानदाइ । " कर्णे - " मलाई हेर ! मेरो लुगा हेर ! यो हरियो कमिज , यो हरियो जाड़े ( कट्टु ) यो मोजा र बुट , जुल्फी । क्या मजा छ । मुगलान पस र लाहुरे होउ । लुगा लत्ता , पैसा र सुख सयल सबै तेरो हुने छ । ” गल्लावालाले भर्ति पछिको लोभ देखाउँदै अठार वर्षे कर्णको काँधमा हात राख्यो । " लुगा - लत्ता र सुख - सयल मात्रै सबै चिज हो र दाइ ! “ कर्णेले टाढा पेरूबाडको डाँडामा स्थापित देवीको थानतिर निर्निमेष आँखाले चियाउँदै भन्यो । - " लाटा ! जागीर खान पो जाने हो त । चटक्कै गाउँ छाडेर जाने कसले भनेको छ ? मलाई हेर बीस बर्षसम्म जागिर खाएँ , पैसा कमाएँ , खेतबारी किने , ढुङ्गाले छाएको तीन तले घर बनाएँ , सरकारले पेन्सन दिन्छ , छोरा लाहुरे भएको छ । कर्णे ! मसँग आज के छैन ? सब थोक छ । हेर ! तैले आफ्नो घरको हालत पनि हेर्नु पर्दछ । रातदिन हाडछाला घोटेर पनि कान्छी आमा...
Comments
Post a Comment