Skip to main content

उपन्यस


आहा यस्तो लोर्के केटाको जीवन त्यसै खेर गई रहेको छ । घाँस दाउरा , झाने , खोपी र गुलेली खेलेर आफ्नो बैस त्यसै बिताइरहेको छ । ” गल्लावालाले बैसले मत्त कर्णेलाई भन्यो । " हाँस्नु , खेल्नु , गाउनु , गाईगोठ र लेक बाहेक के गर्नु त ? सानदाइ । " कर्णे - " मलाई हेर ! मेरो लुगा हेर ! यो हरियो कमिज , यो हरियो जाड़े ( कट्टु ) यो मोजा र बुट , जुल्फी । क्या मजा छ । मुगलान पस र लाहुरे होउ । लुगा लत्ता , पैसा र सुख सयल सबै तेरो हुने छ । ” गल्लावालाले भर्ति पछिको लोभ देखाउँदै अठार वर्षे कर्णको काँधमा हात राख्यो । " लुगा - लत्ता र सुख - सयल मात्रै सबै चिज हो र दाइ ! “ कर्णेले टाढा पेरूबाडको डाँडामा स्थापित देवीको थानतिर निर्निमेष आँखाले चियाउँदै भन्यो । - " लाटा ! जागीर खान पो जाने हो त । चटक्कै गाउँ छाडेर जाने कसले भनेको छ ? मलाई हेर बीस बर्षसम्म जागिर खाएँ , पैसा कमाएँ , खेतबारी किने , ढुङ्गाले छाएको तीन तले घर बनाएँ , सरकारले पेन्सन दिन्छ , छोरा लाहुरे भएको छ । कर्णे ! मसँग आज के छैन ? सब थोक छ । हेर ! तैले आफ्नो घरको हालत पनि हेर्नु पर्दछ । रातदिन हाडछाला घोटेर पनि कान्छी आमालाई फरिया फेर्नु पनि धौ - धौ छ । हामी दरिद्रता , गरिबी र सन्तापले भरिएको जीवन बिताई रहेका छौं । खेती गरेर छ महिना खान पुग्दैन । “ भाइ बैनीको ओईरो पोईरो पनि फेर्नु पर्योनी सोच बाबु सोच । " गल्लावाला पेन्सनर सन्तेले भन्यो । - “ खोई ! सानदाइ । आमालाई कसको भरमा छाड्ने , भाइ - बहिनी सानै छन् । लेकको गोठमा गाई बाखासँगको बस्ने ? " - " बावु ! संसारमा धन छ र संसार छ । धन नहुनेलाई आफ्ना मान्छेहरूले पनि छाड्छन् । अस्ति भर्खर हेर तँसँग मायाप्रिति गाँसिएकी फूलमायाले तँलाई छाडेर लाहुरेसँग पोईलो गईन । हुन पनि के देखेर ऊ तँसँग आँउथी ? तँसँग दिने के नै छ र ? तैले त उसको पेटपनि भर्न सक्दैनस् । ” सन्तेले कर्णेको मर्ममा हान्यो । उसको मुटु चसक्क भयो । सानै उमेरदेखि खेल्दा खेल्दै तरूणी भएपछि फूलमाया देवपुरको लाहुरेसँग आफै पोईलो गएकी हुन् । दूलही अन्माउने दिन फूलमायाले व्यथित कर्णेलाई एकनजर

नहेरी हाँस्दै देवपुरको उकालो चढेको उस्लाई अझ पनि झल्झल्ती सम्झना छ । उसको आँखाबाट आँसु खसेको थियो । उसले आफु र लाहुरेलाई दाँज्यो आफ्नो शरीरमा दौरा समेत नभएर पुवाको भाङ्ग्रा , कोराको कछाड , कलेटी परेको टोपी , पट - पट फुटेको खाली खुट्टा ' लाहुरेको शरीरमा हरियो पतलुन हरियो कमिज , कम्मरमा हरियै सरकारी पेटीमा खुकुरी , सरलक्क परेको ढाकाटोपी , सरकारी कालो बुट , हेर्दा पनि त्यसै त्यसै रहर लाग्दो जीउ । फुलमाया लाहुरेले दिएको कन्ठा , फूली , मारूडी , सिरबन्दी , ओयलको फरिया , मखमलको चोली , मखमलको मजेत्रो ओढेर आफ्नो संगी साथीहरूसँग नौमति बाजा सहित सोली बोकेर कर्णेलाई मात्र होइन सिखलिस गाउँलाई समेत छोडेर गईन । उसलाई सिखलिस गाउँ र गाउँको रनवन शून्य लागेको थियो । आज पनि फुलमाया सिखलिसमा छैनन् भन्ने उसलाई विश्वास लाग्दैन । बिजुली चम्के जस्तै झल्यास्स सम्झना आउँदा मात्र ऊ विचलित हुने र चिटचिट पसिना आउने गर्दथ्यो । उसको घाउ ऊ सँगै थियो , कसैले देखेन । चोट लागेको घाउको औषधी हुन्छ , चोट नलागेको घाउको औषधी नहुने रहेछ । यस्तो घाउ भूसमा आगो लागे झै भित्रभित्रै सल्किदो रहेछ । भुस नसकिए सम्म । तर कर्णेले त्यो व्यथा पनि सह्यो । बिस्तारै उसको आत्मबल बढ्दै गयो । ऊ फूलमायाको व्यथादेखि उकासियो आत्मबल नै सबै भन्दा ठूलो हतियार हुदोरहेछ । साथी भाइहरूसँग हाँसखेल गर्न लाग्यो । आजको दिनमा ऊ पहिलेको कर्ण छ । खाईलाग्दो युवक । सरलक्क जवान पत्ठो । दोश्रो विश्ययुद्ध उठानमा छ । विभिन्न अफवाहहरू फैलिन्छन् मेटिन्छन् र अर्को अफवाहले गोर्खाको ( नेपाल ) गाउँ - गाउँ आश्चर्यचकित र आक्रान्त छ । गोर्खाली । ब्रिटिस सरकार र राणा सरकारको करारमा ब्रिटिश सरकारले लक्का जवानहरूलाई ब्रिटिशमा भर्ती गर्दछ । ब्रिटिस सरकार भारतीय फौज माथि विश्वास गर्दैन । उसको विश्वास गोर्खालीहरूमा बढी छ । कर्णे साँझ घर फर्कियो । आमा पानी लिन पधेरा गएकी रहेछिन् । बाखा चराएर आएकी बैनीले बाख्रा खोरमा हुल्दै छे । उसले माटोको मटेना बनाई रहेको आफ्नो भाइलाई हेय्रो। कलेटी परेको कोराको भोटो , फाटेको कोराको

टोपी , मयालले पट - पट फुटेको खाली खुट्टा , नाकभरी सिंगान । कर्णलाई आफु भन्दापनि भाइलाई देखेर अत्यन्त दया लाग्यो । कसरी निर्लिप्त खेलिरहेछ । गीरे । उसलाई केही चाहिदैन । भोक लागे माग्छ नपाए रून्छ कराँउछ । सँगीहरूसँग गुलेली र मटेना लिएर रनवन चहार्छ । साँझ लखतरान परेर घरमा जे पाकेको छ त्यही खान्छ र मस्त सुत्छ । बैनी उजेली । भर्खर फक्रन लागेकी पालको डुंगा जस्ती । तेह्र वर्ष पुगी सकेकी छे । चोलो , फरिया र मजेत्रो । नाक , कान , बुचो । गहना भनेको माटोको नक्कली मुंगाको माला । त्यति हो । कर्णेले आफ्नो घर हेयो । ढुङ्गा माटोले बनेको घर । रातो माटो र कमेरोले लिपेर हेर्न लायकको बनेको । अलेनामा आमा , कर्णबीर , बैनी उजेली र भाइ गोरेको च्यातिएको थाङ्ना लुगाहरूले आफ्नो ब्यथा पोखीरहेको छ । पिढीको एउटा छेउमा च्यातिएको डोकोले जाँतो ढाकेर राखिएको छ । यो कथा कर्णको मात्र होइन सायद यो करूण कथा नेपालको सबै गाउँघरको कथा हो । गाउँमा गीठ्ठा , भ्याकुर , तरूल र सिस्नोले कति गाउँलेलाई पुगोस् । हिमाल साँझ विहान हेर्नलाई मात्र राम्रो हो । त्यहाँ बस्दा चिसोले कठ्याङ्ग्रिएपछि त्यही सुनौलो दृष्यहरू काल बन्न पुग्छ । विदेशी पयर्टकहरूलाई हवाईजहाज र हेलिकप्टरबाट हेर्दा मात्र मनमोहक लाग्ने न हो । गाँस , बास र कपास नहुने नेपालीहरूको लागि त अभिशाप | तर बाध्यता छ । संसारमा कहाँ जाने ? जान पाइन्छ र ? मानव रगतले कोरिएको असंख्य सीमा रेखाले छेक्दछ । ती सीमारेखाहरू ? पासपोर्ट चाहिन्छ । नेपालीहरूको खुट्टामा जुत्ता हुन्न , शरीर ढाग्ने लुगा हुन्न , खाने फाँडो हुन्न , शरीरको मयल फाल्ने र लुगा धुने साबुन हुन्न , अँगेनाको आगो तापेर जाडो काट्नु पर्दछ , पिठ्यू फर्काएर सुत्दा अघिल्तिरको शरीर हिउँजस्तै चिसो हुन्छ , पिठ्यूँ कठांग्रिन्छ । नेपालीको इतिहास यस्तै हो । नेपालीहरूले वीरता देखाउन महिनाको सात रूपैयामा आफ्नो शरीर बेचेको होइन । भोक र नाङ्गो शरीरले विदेशमा बेचिन बाध्य भएको हो । त्यहाँ माथि नेपाली शासकहरूले प्रत्येक भर्ति भएका जवानहरूको कमिशन लिन्छ । तैपनि यी भर्ति केन्द्रहरूले गर्दा नेपालीहरूको आर्थिक स्थिति सुधेको छ । गोर्खालीहरूले आफ्नो गाउँलाई नै संसार मान्दथे । संसार यही होइन रहेछ भन्ने कुरा विस्तारै - विस्तारै विदेशबाट फर्केर आएका लाहुरेहरूको लुगा , खान - पान , रहन - सहन र अन्धकारमा बसेका लाहुरेहरूले सुनाउने गरेको देश विदेशको कथाहरूबाट थाह हुन लाग्यो सोझा साझा नेपालीलाई । रेल छुक - छुक गर्दै , गाडीहरू स्वा - हवा गर्दै दगुर्छन् रे , पाँचतले , छतले घरहरू छन् रे , हवाई जहाज चरा के उड्छन् रे , पानी जहाज माछा भै सलल पानी माथि पौडिन्छ रे , बन्दूकले गोली ठोकेर मान्छेलाई खुत्रुकै पार्छ रे , बमले पहाडै उडाउँछ रे । पेन्सनर लाहुरे र छुट्टी आउने लाहुरेहरूले यस्तो कथाहरू सुनाउछन् । गाउँलेहरू ट्वाँ परेर सुन्छन् । कल - कल बग्ने छहरा , चराचुरङ्गीहरूको चह - चह , सफा सेतो , उच्च हिमश्रृङ्खलाहरू , रातो र सेतो गुराँस फुलेको रनवनहरू , डाँफे र मुनालको नाच , अग्ला - अग्ला डाँडामा स्थापित देवी देवताहरूको थान र स्वच्छ बग्ने वतासलेमात्र मान्छे बाँच्दैन रहेछ । मान्छेलाई भौतिक सुख - सुविधा पनि चाहिंदो रहेछ र मान्छे युगौ युगदेखि यथास्थितिमा बस्न चाहँदैन रहेछ । मान्छे परिवर्तन चाहन्छ र एकपछि अर्को पुस्ता सम्ममा मान्छेको इच्छा र आकाङ्क्षाहरूमा परिर्वतन आउँदो रहेछ । समय र प्रकृति कहिले एकै नहुँदो रहेछ । दोश्रो विश्वयुद्धमा नेपाली युवाहरू बिक्न वाध्य छन् । ठाँउ - ठाँउमा वीर गाथाहरूको कथा सुनिन्छ । युद्धपिपासुहरू । ' कॉफर हुनु भन्दा मर्नु निको ' भन्दै जोसिला उक्तिहरू फलाक्छन् । कर्णेले युद्ध विभिषिका सुनेको छ । घान्द्रुकको ४ जना ठीटाहरू बर्माको धावामा ठहरै भए रे , क्वीटामा एउटा कम्पनी नै बम ब्लास्टमा परि नुवाकोटको धीरे र बीरे दुई भाइको शरीर क्षतविक्षेत भयो रे , भर्खरै भीमेको एउटा खुट्टा उड्यो रे , सोमेले एउटा हात गुमाएर पेन्सन आएको छरे । उसले हर फेर्छ ओछयानमा । कर्णे सोची रहेछ । उसलाई थाह छ एकपटक घरमा कोदोको पिठो पनि थिएन । भाइ रूँदै भनि रहेथ्यो - भोक लाग्यो ढेडो दे ऑई । ऑटोदे आँई उ उ उँ बैनी बुझ्ने भै सकेकीले मलेनो मुख लिई चुप बसी रहेकी थिई । आमा संवेदन विहिन आँखाले एकहोरो छोरालाई हेर्दै थिई । भोकले छटपट्याई रहेकी छोरी पेटको खाली भुंडीमा हावा बटारिदै पिडाले छट्पटाइ दाँत किटिरहेकी हेर्दा आमालाई कस्तो भएको होला ? उनी छोरा छोरी पाएकोमा आफूलाई विकादै थिइन् । भीरबाट फाल हालेर मर्न मन लागेको थियो । बेसाहा खोज्न पैसा छैन् । छरछिमेकमा माग्ने पनि कति ? तिनीहरूसँग पनि छर । सबै गाउँलेहरूको दशा उनीहरूको जस्तै न हो । त्यही बेला कोट्कोट्यास्- कोट्कोट्यास गर्दै रातो भाले खानु खोज्न तिनीहरूको अधि आयो । आफुलाई त छैन् कुखुरालाई के दिने ? एक्कासी आमाको अनुहारमा अनौठो आभा देखा पर्यो । आफू बाँच्नलाई अर्काको ज्यान लिन पर्ने ससार यस्तै हो । उसले छोरालाई भाले काट्ने आदेश दिइ । भाले काटियो र दुई छाक टरेको थियो । त्यही पनि गोरे भन्दै थियो - " मासु मात्रै त मिठो नहुँदो रहेछ , मकैको ऑटोसँग कति मिठो हुने थियो हैन् र आई । " चामल भातसित अझै मिठो हुन्छ भन्ने उसलाई के थाहा ? चाडवाड बाहेक चामलको भात त उसले देखेकै छैन् । देखेपनि उसले विर्सी सकेको छ । दोस्रो विश्वयुद्ध जर्मनीको एडोल्फ हिटलर , इटलीको बेनीटो मुसोलिनी , स्पेनको जनरल फ्रन्को र जापानको प्रधानमन्त्री तोजोहरूद्वारा अनेकौ आततायी घटनाहरू गराएर आरम्भ भयो । फासिवादका प्रर्वतक मुसोलिनीले रोमन साम्राज्यवादको पुनरूत्थान गरेर इटलीलाई अद्वीतिय राष्ट्र बनाउने सपना देखाए भने हिटलरले आर्य जातिले आफ्नो रक्तशुद्धता राख्दै विश्वमा राज गर्ने अलौकिक सपना देखाएर यो दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो । अमेरिका , ब्रिटेन , सोभियत युनियन र फ्रान्स जस्ता मित्र राष्ट्रहरूको सात्तो उडाएको थियो । जापानले १ ९ ३३ मार्च २७ , फ्रान्सले १ सेप्टेम्बर , जर्मनले १४ अक्टोवरमा राष्ट्रसंघको सदस्यता त्याग गयो । ७ जुलाई १ ९ ३७ मा जापानले चिनमा आक्रमण गर्यो , जर्मनीले राइनल्याण्ड , मुसोलिनीले अफ्रिकी राष्ट्र अविसिनीया आफ्नो अधिकारमा लियो । हिटलर र मुसुलिनिको ४ अप्रिल १ ९ ३ ९ मा स्पेनका लगभग ५ लाख स्पेनीहरूको हत्या गरेर फ्रेन्को सरकारको गठन भयो । १३ मार्च १ ९ ३८ मा अष्ट्रियामा जर्मनीले कब्जा गरेका जस्ता कयौ देशमा आक्रमण गरेर दोश्रो विश्वयुद्धको थालनी भएको थियो । यो महायुद्धमा लगभग सात करोड मानिसहरू खरानी भए , कुइए , सडे , गले , र गिद्ध र स्यालहरूको आहारा बने । १ ९ १४ देखि १ ९ १८ सम्म पहिलो विश्वयुद्ध भएको थियो । आफ्नो सत्ता जोगाउन नेपाली प्रधानमन्त्री चन्द्रशमशेर आफैले भारतीय ब्रिटिस गभर्नरलाई सैनिक सहयोग गर्ने पहल गरेर १६ हजार ५ सय ४४ सैनिक जवानहरू सहित १० लाख पौण्ड आर्थिक सहयोग पनि प्राप्त गरेका थिए भने विस . १ ९ ७५ मा अङ्ग्रेजहरूकै सहायतार्थ अफगानिस्तानमा २००० फौज पठाएका थिए । वि.सं. १ ९९ ६ को दोस्रो विश्वयुद्धमा प्रधानमन्त्री जुद्ध शमशेरले ८ हजार नेपाली फौज पठाएर पहिलो र दोस्रो विश्वयुद्धमा जहानिया राणा शासकहरूले नेपाली जवानहरूलाई युगको भुमरीमा जाकिदिए । चन्द्र शमशेर र जुद्र शमशेरले ब्रिटिस फौजको जनरल पद लगायत अनेकौ पदक

मात्र होइन नेपाललाई प्रतिवर्ष १० लाख रूपैया पनि प्राप्त हुने भयो । तर त्यो १० लाख रूपैया देशले कहिल्यै प्रयोग गर्न पाएन । त्यो दशलाख रूपैया तिनै राणा प्रधानमन्त्रीहरूको व्यक्तिगत प्रयोगमा आउने गर्यो । नेपालको कुना काप्चामा तन्नेरी युवाहरूको बीऊ पनि भेटिन छाड्यो । त्यसै कारण नेपालमा पुरूष भन्दा महिलाको संख्या धेरै छ । घरको छानालाई ढुङ्गे छाना , एकतले घरलाई तिनतले घर , बैनीलाई गरगहनाले झकमक्कपारी विहादान , भाइगोरेलाई सफा सुग्घर लुगा दिई गाउँभरि नचाउन चाहन्छ , कोदोको रोटी र ढेडोको सट्टा अरूपनि परिकार पेटमा हुल्न चाहन्छ , भने फुलमायाको लोग्नेले जस्तै ठाँटिएर अरू कुनै फुलमायालाई घर भित्र्याउन चाहन्छ । तर कसरी ? लाहुरे भएर ? मरियो भने ? बाँचे त ठीकै छ । उसले लामो सास फेयो । छट्पटियो । थोत्रो फाटेको गन्हाउने ओढाउ मिल्कायो र फेरी ओढ्यो । अभावै - अभावमा बाँच्नु भन्दा लडेर मर्नु निको । मर्दाको दुःख एकछिनको हुन्छ तर समाजमा अपहेलित भएर बाँच्नु भनेको त पल - पलमा मर्नु हो । मरे मरिएला बाँचे फूलमाया र उसको लोग्ने र गाउँलेलाई कर्णेले कर्णे के हो देखाई दिनेछ ” भन्ने सोचेर उसले लाहुरे हुने पक्का निश्चय गयो । उसको अनेकौं तर्कनाको एउटा अठोटले उसलाई सन्तोष लाग्यो र निदायो

Comments

Popular posts from this blog

Airtm: Empowering Financial Inclusion Through Digital Wallet Innovation

Join from here: https://app.airtm.com/ivt/rks143 Airtm is a digital wallet and peer-to-peer exchange platform that allows users to buy, sell, and hold a variety of digital and traditional currencies. It enables users to transfer funds globally, making it particularly useful in regions with limited access to traditional banking services.Users can hold a variety of currencies in their Airtm accounts, including cryptocurrencies like Bitcoin, digital payment methods like PayPal, and traditional fiat currencies such as US dollars and euros. Airtm facilitates exchanges between these different forms of currency, allowing users to convert one currency into another. In an increasingly connected and globalized world, financial inclusion remains a critical challenge. Many individuals worldwide lack access to traditional banking services, hindering their ability to participate fully in the economy. However, innovative fintech solutions are stepping up to address this issue, and Airtm stands out as...

त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ

तीय विहाम्रो अन्तरजावाह नभएको हुँदो हो त सायद धेरै वर्षसम्मै जातीय संकीर्णताले मेरो मनमा डेरा जमाएर बस्थ्यो होला । अन्तरजातीय विवाह विरलै हने समयमा श्रेष्ठ परिवारमा जन्मेर पनि सुवेदी परिवारको छोरीसँग अन्तरजातीय विवाह गर्न सक्ने मान्छे म । एक किसिमले समाजसँग नडराउने , अरूले के भन्लान् भन्ने वास्ता नगरीकन समाजलाई पेल्न सक्ने मान्छे म । म आफूलाई हिम्मत भएकै व्यक्ति सम्झन्थे । मभित्र कुनै किसिमको जातीय संकुचन छैन भन्ठान्थे । तर मभित्र पनि अन्तरकुन्तरमा संकुचित भावना लुकिरहेको रहेछ । तीजको दिन थियो । मेरो मुखबाट अनायास संकुचित गलत शब्द फुत्त निस्केको थियो । जुन कारणले पत्नी यशोदाको सामु तीन चार वर्षसम्मै म लज्जित भएको थिएँ । कहिलेकाहीँ त्यो कुरा सम्झिंदा अहिले पनि नमज्जा लाग्छ । पछिल्ला वर्षहरूमा महिलाका लागि हरितालिका तीजले एउटा राष्ट्रिय चाडकै रूप लियो । तर मेरो र यशोदाको बिहेताक तीजले अहिलेजस्तो व्यापक रूप लिइसकेको थिएन । २०२३ / २४ सालतिर तीजका दिन जितपुर । फेदीबाट सुन्धारामा रहेको सञ्चय कोषको अफिस आउँदा बालाजुतिर कतै पाँच / सात जना त कतै १२ / १५ जनाको समूहसमूहमा बसेर महिलाहरू थपडी बजा...